सात वर्षमा २ लाख ३१ हजार पासपोर्ट हराए
काठमाडौं । मेसिनले पढ्ने पासपोर्ट (एमआरपी) जारी भएयता सात वर्षको अवधिमा २ लाख ३१ हजार २२७ पासपोर्ट हराएका छन् ।
यो तथ्यांक सरकारी रेकर्डमा आएको मात्र हो । हराएका पासपोर्टको वास्तविक संख्या अझ बढी हुन सक्छ । हराएका पासपोर्ट कसैले दुरुपयोग गर्न नसकुन् भनेर सरकारले यसको जानकारी प्रहरीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरपोल’लाई गराएको छ।
‘सन् २०११ देखि २०१८ को जनवरीसम्म २ लाख ३१ हजार २२७ जनाले आफ्नो पासपोर्ट हराएको भन्दै नयाँ पासपोर्ट लिएका छन्,’ परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले भने, ‘हराएका पासपोर्टमा पुराना हस्तलिखित र नयाँ मेसिनले पढ्नसक्ने दुवै छन् । ’याे खबर अाजकाे नागरिक दैनिकमा छ ।