News खेल अर्थ

शिक्षक तालिममा साढे १ अर्ब खर्च, उपलब्धि न्यून

शिक्षक तालिममा साढे १ अर्ब खर्च, उपलब्धि न्यून

काठमाडौ । विगत चार वर्षको अवधिमा सरकारले सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई तालिम दिन १ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको छ ।

 

शिक्षकले तालिम पाएपनि विद्यार्थीको सकाइ उपलब्धि भने ५० प्रतिशतभन्दा कम देखिएको छ। शैक्षिक जनशक्ति विकास केन्द्रका अनुसार शिक्षक तालिमका लागि चार वर्षमा १ अर्ब ६१ करोड ८६ लाख ४२ हजार रुपैयाँ खर्च चएको छ ।

 

तीमध्ये देशभरका २९ शैक्षिक तालिम केन्द्रमार्फत ९६ करोड ८७ लाख ९१ हजार रुपैयाँ खर्च भएको थियो । बाँकी रकम प्रशासनिक, पाठ्यक्रम विकसमा खर्च चएको हो ।

 

यसबाहेक सरकारले सञ्चालन गरेको टिचर एजुकेशन प्रोजेक्टले प्राथमिक तहका सबै शिक्षकलाई सेवाकालीन तालिम दिएको थियो । उक्त प्रोजेक्टमा एसियाली विकास बैंक र नेपाल सरकारको गरी २ अर्ब ५० करोड रुपैयाँ रकम खर्च भएको थियो ।

 

सरकारले सामुदायिक विद्यालयमा कार्यरत स्थायी, अस्थायी र राहत दरबन्दीमा कार्यरत शिक्षकलाई सेवाकालीन तालिम दिँदै आएको छ । यस वर्षदेखि भने निजी विद्यालयका शिक्षकलाई पनि तालिम दिन सुरु गरिएको छ । याे खबर अाजकाे नागरिक दैनिकमा छ ।

विशेष