उपराष्ट्रपति र राष्ट्रियसभा उपाध्यक्षकाे मनोनयन दर्ता आज
काठमाडौं । उपराष्ट्रपति लागि आज उम्मेदवारी दर्ता हुँदै छ । एमाले माओवादीको भागबन्डाअनुसार माओवादीको भागमा परेको थियाे ।
जसअनुसार माओवादी केन्द्रले उपराष्ट्रपतिमा पुनलाई नै दोहोर्याउने निर्णय गरेको छ । निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवारी दर्ताका लागि शनिबार बिहान १० देखि २ बजेसम्म समय तोकेको छ । उपराष्ट्रपतिको निर्वाचन ९ चैतमा हुनेछ ।
यस्तै राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारी दर्ता पनि शनिबार बिहान १० देखि १ बजेसम्म तोकिएको छ । उपाध्यक्षको निर्वाचन ४ चैतमा हुने कार्यतालिका छ । माओवादीको शुक्रबारको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेबाट राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमल्सिना निर्वाचित भएपछि उपराष्ट्रपतिमा माओवादीबाट पुन र उपाध्यक्षमा दाहालले उम्मेदावरी दिन लागेका हुन् ।
कांग्रेसले उपराष्ट्रपति र राष्ट्रिय सभा उपाध्यक्ष कसलाई बनाउने भन्ने विषयमा छलफल समेत गरेको छैन । उम्मेदवारी दर्ता हुनुअघि नेतृत्वसहितको बैठक बस्ने कांग्रेसको तयारी छ ।