सैनिक अधिकृत बन्ने युवतीको ‘भर्जिनिटी’ जाँच्ने यस्तो उपाय
एजेन्सी । अन्तर्राष्ट्रिय महिला दिवसकै सन्दर्भमा वासिङटन पोस्टले एक गम्भीर तथ्य सहित समाचार सामाग्री प्रकाशन गर्यो । समाचार अनुसार इन्डोनेसियाका महिलाहरुमाथि राज्यले विभेदकारी नीति अवलम्वन गर्दैआएको छ ।
इन्डोनेसियामा सेना, हवाइ फोर्स र नौसेनामा भर्ना हुन इच्छुक उच्च शिक्षा उत्तिर्ण युवतीहरुको ‘भर्जिनिटी’ जाँच अनिवार्य छ । सैनिक अधिकृतमा भर्ना हुन जाने १८ देखि २० वर्ष उमेर समुहका युवतीहरु भर्जिन हुन् वा होइनन् भन्ने परीक्षण नै गरिन्छ ।
समाचार अनुसार चिकित्सकहरुकै अगाडि युवतीहरु नग्न रुपमा उभिएर आफ्नो योनी परीक्षण गराउनुपर्ने नियम छ । चिकित्सकहरुले भर्नाका लागि आएका युवतीको योनी नै हेरेर भर्जिन हो वा होइन भन्ने परीक्षण गर्छन् ।
सेनाको नियमअनुसार भर्नाका लागि आएका युवतीहरु लस्करै नग्न भएर उभिन्छन् । उनीहरुले आफ्नो योनी सार्वजनिक रुपमै चिकित्सकलाई देखाउनुपर्छ । सैनिक अधिकृतहरुको रोहवरमा चिकित्सकहरुले योनी हेरेरै भर्जिन हो वा होइन पत्ता लगाउने गर्छन् ।
सैनिक अधिकृत हुनका लागि चरित्रवान महिला हुनु आवस्यक भन्दै सेनाले यस्तो परीक्षण गर्दैआएको बताएको छ । तर महिला अधिकारकर्मीहरुले यस्तो व्यवहारको विरोध गर्दैआएका छन् । अन्य मुलुकमा त यस्तो कुराको चर्को विरोध नै भएको छ ।
महिला चरित्रवान हुनका लागि कथित ‘भर्जिनिटी’ आवस्यक भन्ने मान्यता नै गलत मानसिकता भएको उनीहरुको तर्क छ ।