विदेश

सामान्य नागरिक सरह ज्यूने क्यानडाका प्रधानमन्त्री

मीना घोरसाइने

सामान्य नागरिक सरह ज्यूने क्यानडाका प्रधानमन्त्री

मन्त्री तथा उच्च ओहोदाका व्यक्तिहरु आफू पदमा पुगेपछि आफू पहिले सामान्य नागरिक हुँ भन्ने भुल्छन् । उनीहरु आफूलाई नै जिताएर पठाएका जनतालाई नै चिन्न छाड्छन् । अनि चिल्ला गाडी चढेर हिँड्छन् ।

 

उनीहरुका लागि सामान्य नागरिकसँग बोल्न समेत हिच्किचाउँछन् र आफूलाई नै सर्वेसर्वा ठान्ने गर्छन् । मन्त्रीका वरिपरि प्रहरी तथा सुरक्षा गार्डहरु हुन्छन् । उनीहरुलाई भेट्न समेत अनुमति लिनुपर्छ ।


तर क्यानडाका प्रधानमन्त्री ‘राइट हन. जस्टिन त्रुडेउ’ भने तेस्ता नेताको सूचीमा पर्दैनन् । उनी सामान्य नागरिक जस्तै जीवन जिउँछन् । निकै नै सरल उनी दैनिक आफ्नो कार्यकक्षमा जान मेट्रो रेलबाट नै आवतजावत गर्ने गर्छन्, त्यो पनि सामान्य नागरिक सरह नै ।

 

न कुनै सुरक्षा गार्ड । उनी क्यानडाका सेलिब्रेटी जस्तै छन् । उनीसँग तस्बिर खिचाउन जनताहरुको ओइरो नै लाग्ने गर्छ । तर उनी बिना हिच्किचावट र बिना भेदभाव नै जनताहरुसँग तस्बिर खिचाउँछन् ।


उनी उदारबादको पृष्ठपोषण गर्छन् । उनी क्यानडाका २९ औं प्रधानमन्त्री हुन् । त्रुडेउ सन्, २०१५ नोभेम्बरमा प्रधानमन्त्री पदमा विजयी भएका थिए । उनको जन्म सन्, १९७१ डिसेम्बरमा भएको थियो ।

 

उनी क्यानडाका चौंथो प्रधानमन्त्री प्रेरी त्रुडेउका सन्तान हुन् । उनले फ्रान्सको जेस्वीट स्कुलबाट कलेज लेभलको पढाइ गरेका थिए । त्रुडेउलेसन् १९९४ मा McGill University बाट बी.ए तहको पढाइ पुरा गरेका थिए भने सन् १९९८ मा बीएड पनि गरेका थिए ।

विशेष