होलीमा मुग्लिन सडक दुई दिन बन्द नगरिने
चितवन । होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड बुधबारदेखि दुई दिन बन्द नगरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । फागुन १७ र १८ गते उक्त सडकमा गाडी नरोकिने आयोजनाले एक सूचना जारी गरी जनाएको छ ।
यसअघि उक्त सडकमा बिहान १० देखि अपराह्न ४ बजेसम्म गाडी रोकेर भित्तो काट्ने काम चल्दै आएको थियो। नेपालीले मनाउँदै आएको रंगैरंगको पर्व होलीलाई ध्यानमा राखेर यात्रुको सहजताका लागि सडक खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले बताए।
यहाँको सडकमा गाडी रोकिँदा ट्राफिक व्यवस्थापनमा प्रहरी परिचालन हुँदै आएका छन् । यस्तै, ट्राफिक प्रहरीले समेत बुधबार नै सार्वजनिक सूचना जारी गरी बुधबार र शुक्रबार सडक खुला रहने जानकारी दिएको छ ।
उक्त सडकको ३४ किलोमिटर क्षेत्रको काम अहिलेसम्म करिव ७५ प्रतिशत पूरा भएको छ। अझै केही ठाउँमा भित्तो काट्ने, क्यान्टिलिभर हाल्ने र विभिन्न स्थानमा कालोपत्रको काम बाँकी नै छ ।
निर्धारित समयमा निर्माण नसकिएपछि दुईपटक थपिएको समयसमेत अभाव हुँदै पुनः म्याद थपको तयारीमा आयोजना रहेको छ।