News देश

प्रदेशमा खटाइएका ३० प्रतिशत कर्मचारी अझै हाजिर भएनन्

प्रदेशमा खटाइएका ३० प्रतिशत  कर्मचारी अझै हाजिर भएनन्

काठमाडौँ । खटाएको प्रदेशमा नगएर निजामती कर्मचारीले सरकारलाई चुनौती दिएका छन् । प्रदेश कार्यालय सञ्चालनका लागि सरकारले पछिल्लो एक महिनामा १ हजार ६८ जना कर्मचारी खटाएको थियो ।

 

तर, ३० प्रतिशत कर्मचारीले सरकारी आदेशलाई अस्वीकार गरेका छन् । सरकारी आदेश नमान्ने कर्मचारी काठमाडौंका आकर्षक कार्यालयमा लामो समयदेखि काम गर्दै आएका बढी छन् ।

 

नापी, मालपोत र राजस्व कार्यालय, वैदेशिक रोजगार विभागलगायत कार्यालयमा काम गर्ने कर्मचारी प्रदेशमा गएर काम गर्न अटेरी गरिरहेका छन् । याे खबर आजको नयाँ पत्रिकामा छ ।

 

विशेष