News राजनीति

चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति र प्रधामन्त्रीको बधार्इ

चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति र प्रधामन्त्रीको बधार्इ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ पिङलाई चीनको राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा बधाई ज्ञापन गरेकी छिन्।

 

शनिबार एक बधाई सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ उपराष्ट्रपतिमा निर्वाचित भएकामा वाङ क्वीसानलाई बधाई ज्ञापन गरेका छन् । उपराष्ट्रपति पुनले आफ्ना चिनियाँ समकक्षीलाई शनिबार दिएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ मजबुद हुने विश्वास व्यक्त गरेको छन्।

 

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चिनियाँ राष्ट्रपति सि जिङ पिङ पुनः राष्ट्रपतिमा निर्वाचित भएकामा बधाई ज्ञापन गरेका छन् ।

 

प्रधामन्त्री ओलीले शनिबार भएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उच्चस्तरमा हुने भ्रमण र जनस्तरको सम्बन्धले यसलाई अझ प्रगाढ बनाउने बताएका छन्।

 

सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिइने उल्लेख छ।

 

साथै, प्रधानमन्त्री ओलीले राष्ट्रपति पिङको कार्यकालमा दुई देशबीचको आपसी सम्बन्ध अझ दरिलो हुने विश्वास व्यक्त गरेका छन्। रासस

विशेष