आगलागीबाट करिव ९० घर नष्ट
सुनसरी । बराह नगरपालिका–११ मधुवनस्थित सरदार टोलमा शनिबार राति भएको आगलागीबाट ९० घर जलेर नष्ट भएको छ। राति करिव १२ बजे भएको अागलागीबाट ६० परिवारका ९० भन्दा बढी घर जलेर नष्ट भएको हो।
मध्यरातमा आगलागी भएकाले ठूलो क्षति भएको आशंका गरेपनि पूर्ण विवरण आइनसकेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए । मानवीय क्षति नभए पनि दर्जनौं चौपाय जलेर मरेका छन्।
आगलागी सुनसरीको इनरुवा, इटहरी, धरान र विराटनगरको बारुणयन्त्रले आइतबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक चिमोरियाले बताए। आगलागी पीडितहरुलाई बिहानैबाट राहत वितरण थालिने सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजूलीले बताए।