विमान दुर्घटना अपडेट: २३ बंगलादेशीको शव दूतावासले बुझ्यो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा गत सोमबार युएस बंगलाको विमान दुर्घटनामा परि ज्यान गुमाएका बंगलादेशी नागरिकको शव दूतावासले बुझेको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये पहिचान भएका २३ बंगलादेशी नागरिकको शव काठमाडौंमा रहेको बंगलादेशी दूतावासले सोमबार बिहान बुझेको हो ।
दूतावासका अधिधकारीले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि पहिचान भएका २३ शव बुझेका हुन् । ती शव कफिनमा राखेर दूतावासले नै बंगलादेश पठाउने छ ।
उक्त दुर्घटनामा ५१ जनाको ज्यान गएको थियो । त्यसमा २२ नेपाली नागरिक थिए । केहिकाे घटनास्थलमा नै मृत्यु भएका थियाे भने केहिकाे उपचारका क्रममा मृत्यु भएकाे थियाे ।
साे विमानमा चालक दलका सदस्यसहित ७१ जना यात्रु थिए । दुर्घटनामा २० जना घाइते भएका छन् ।