News

ठूला अावाजमा माेटरसाइकल गुडाउने प्रहरी नियन्त्रणमा

ठूला अावाजमा माेटरसाइकल गुडाउने प्रहरी नियन्त्रणमा

ट्राफिक प्रहरीले स्वरूप परिवर्तन गरी सवारी चलाउने १ सय १० माेटरसाइकल नियन्त्रणमा लिएकाे छ ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गर्ने र ठूलो आवाज बनाएर गुडाउने १ सय १० बुलेट मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीमाथि कारबाहीका लागि विशेष अभियान थालिएको जानकारी दिए । ‘ठूलो आवाज निकालेर सडक नै आफ्नो मात्र हो भन्दै हिँड्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएका हौँ,’ उनले भने ।

 

महाशाखाले यस्ता मोटरसाइकललाई अझै नियन्त्रणमा लिने जनाएको छ । महाशाखाले स्वरुप परिवर्तन गरेर सवारी चलाउनेलाई पाँच हजार रूपैयाँ जरिवाना गर्दै आएको छ । रासस

विशेष