कसले रोक्यो योगेश र जनार्दनलाई मन्त्री बन्न ?
प्रधानमन्त्रीलाई यसरी आयो दबाव
काठमाडौं । बाम गठबन्धन नेतृत्वको सरकारमा नेता एमाले सचिव योगेश भट्टराई र माओवादी नेता जनार्दन शर्माको नाम खुब चर्चामा थियो ।
उनीहरुलाई निर्वाचन अवधिमै पार्टीभित्र पनि संभावित मन्त्रीका रुपमा हेरिएको थियो । त्यसैले होला एमाले अध्यक्ष केपी ओलीले ताप्लेजुङ पुगेर भट्टराईको पक्षमा भाषण गर्दा ‘तपाईंहरु जिताएर पठाउनुस्, म मन्त्री बनाएर पठाउँछु’ भनेर प्रतिवद्धता जनाएका थिए ।
तर, २२ जना मन्त्री बन्दा पनि कार्यकर्ता र जनताले पत्याएका एमालेका सचिव भट्टराई भने अटेनन् । अनि जनार्दन शर्माको सन्दर्भमा पनि खुबै रुचाइएका थिए । त्यसमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ओलीले शर्मालाई मन्त्री बनाउन आग्रह गरेको चर्चा पनि चल्यो । प्रचण्ड यसपटक शर्मालाई रोक्ने दबाब दिएका थिए । वास्तवमा के कारणले शर्मा र भट्टराई मन्त्री हुन सकेनन् त ?
भट्टराईको सन्दर्भमा भन्ने हो भने निर्वाचन परिणाम सार्वजनिकपछि काठमाडौंको एक कार्यक्रमको अभिव्यक्ति गलपासोका रुपमा देखा परेको चर्चा छ । उक्त कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी थिए ।
त्यस कार्यक्रममा भनेका थिए ‘प्रचण्ड, ओली र नेताहरुले पार्टीबाट अवकास लिएर सर्वमान्य नेता भनिदिनोस्’ पार्टी एकताका कुरासँग जोडेर भट्टराईले युवालाई नेतृत्वको जिम्मा दिन आग्रह गरेका थिए । त्यही अभिव्यक्तिपछि ओली निकटका नेताले फेसबुक, ट्वीटरदेखि अन्य मिडियामा समेत भट्टराई विरुद्ध लेखेका थिए ।
त्यसपछि निरन्तर भट्टराई रक्षात्मक अवस्थामा पुगे । ओलीको नजरमा नकारात्मक छवि बन्न पुग्यो । त्यसपछि भट्टराई केपी ओलीको मन्त्री बन्ने सूचीमा पर्न सकेनन् । त्योभन्दा पहिला सञ्चार मन्त्रीमा भट्टराईको नाम खुबै चर्चामा थियो । त्यसमाथि पछिल्ला दिनमा विद्यादेवी भण्डारीलाई पुनः राष्ट्रपति बनाउन नहुने तर्क पनि भट्टराईको थियो ।
राष्ट्रपति भएर पनि भण्डारी पार्टीभित्र गुटबन्दी र दबाब दिने काम गरिरहेकी छिन् । शेरधन राईलाई मुख्य मन्त्री बनाउन ओलीलाई निरन्तर दबाब दिइन भन्दै मुख्यमन्त्रीका दाबेदार अष्टलक्ष्मी शाक्यलाई हटाउन खुलेर लागिन भन्ने दाबी पनि भट्टराईका रह्यो । यसरी ओली गुटको गतिविधिको विपक्षमा देखिएका भट्टराईलाई प्रधानमन्त्री ओलीले कर्नरमा पार्ने नै भए ।
एमालेका एक शिर्ष नेताका अनुसार भट्टराईको मन्त्री बन्ने यात्रामा राष्ट्रपति र ओलीका राजनीति सल्लाहारलगायतले बाटो छेकेको हुन् । उनीहरुकै दबाबमा प्रधानमन्त्री ओलीले आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेको उनको बताए ।
यता, शर्माको विषय पनि कम रोचक छैन । शर्मालाई जसरी पनि मन्त्री बनाउनुपर्ने तर्क ओलीको थियो । पार्टीभित्र शर्मा विरुद्ध निरन्तर खेलिरहेका थिए वर्षमान पुन र शक्तिबहादुर बस्नेत । पहिला गृह मन्त्रालय ताकेका वर्षमानलाई रोक्न जनार्दन लागे अनि साथ दिए रामबहादुर थापा बादललाई ।
अनि वर्षमान पनि शर्मालाई मन्त्री हुनबाट रोक्नतिर लागे । त्यसो त कर्णाली प्रदेशका इन्चार्ज शक्ति बस्नेत पनि शर्मालाई नरोकी मन्त्री हुन पाउने अवस्थामा थिएनन् ।