News स्वास्थ्य

तातो पानी पिउँनुका यस्ता छन् फाइदा

तातो पानी पिउँनुका यस्ता छन् फाइदा

काठमाडाैं । हामी सबै बिहान उठ्नेबित्तिकै चिया पिउने गर्छौ । तर यो गलत हो । सीधै चिया पिउँदा हाम्रो शरीरलाई हानी पुर्याइरहेको हुन्छ। चिया पिउनुभन्दा पहिले तातो पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

 

तातो पानीको कसरी प्रयाेग गर्ने ? यसबारे तल उल्लेख गरिएको छ ।

१) शरीर शुद्धीकरणः उमालेको पानी शुद्ध हुन्छ र शरीरको पाचन प्रणाली नियमित बनाउन सघाउँछ । बिहान उठ्नेबित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्त्व पिसाबसँगै बाहिर जान्छ, जसले रगत सफा पार्न मद्दत गर्छ । तातो पानीमा कागती र मह मिसाएर पिउँदा बढी लाभदायी मानिन्छ ।

 

२) कब्जियतबाट छुटकाराः शरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदि तपाइँले दिनहुँ बिहान कम्तीमा एक गिलास तातो पानी पिउनु भयो भने कब्जियतको समस्या टाढा हुन्छ ।

 

३) मोटोपना नियन्त्रणः बिहान र खानापछि हरेकपटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउँदा मोटोपना नियन्त्रणमा सघाउ पुग्छ ।

 

४) चिसोबाट सुरक्षाः घाँटी द’ख्यो वा टनसिल भयो भने तातो पानी पिउँदा फाइदा ह’न्छ । तातो पानीमा न’न मिसाएर पिउँदा अझ लाभदायी हुन्छ ।

 

५)पसिनाको निष्कासनः तातो पानी पिउँदा शरीरको ताप बढ्छ । शरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना निस्केपछि तापक्रम घट्छ र शीतल हुन्छ । पसिनाले शरीरमा बढी भएको नुन बाहिर निकाल्छ र रगतको शुद्धीकरणमा सहयोग पर्याउँछ ।

 

६) दुखाइ कम गर्नः  प्रायः महिला महिनावारीका समयमा पेट दुखाइबाट पीडित हुन्छन् । यस्तो वेला तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा दुखाइ कम हुन्छ । यसो गर्दा टाउको तथा पेटको दुखाइ पनि कम हुन्छ ।

विशेष