News मुख्य समाचार

विमान दुर्घटनामा मृत्यु भएका बंगलादेशी नागरिकको शव स्वदेश लगिँदै

विमान दुर्घटनामा मृत्यु भएका बंगलादेशी नागरिकको शव स्वदेश लगिँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस–बंगला विमान दुर्घटनामा परि मृत्यु भएका बंगलादेशी नागरिकको शव बंगलादेश लगिँदैछ ।

 

विमान दुर्घटनामा मृत्यु भएका बंगलादेशी नागरिकको शव कार्गाे विमानबाट अाज दिउँसो ३ बजे बंगलादेश लैजान लागिएको हो । फागुन २८ मा दिउँसाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरलाइन्सको बीएस २११ बिमानमा अवतरका क्रममा दुर्घटनामा भएकाे थियाे ।

 

घटनामा २६ जना बंगलादेशी २२ जना नेपाली र एक चिनीयाको मृत्यू भएको छ ।२६ बंगलादेशीमध्ये २३ जनाको सनाखत भएको छ भने बाँकी सनाखतको प्रक्रियामा छन् । सनाखत भएका शव मात्र बंगलादेश गलिँदैछ।

 

त्रिवि शिक्षण अस्पतालमा शवको पोस्टमार्टम गरिएको थियो। सनाखत भइसकेका शवहरु काठमाडौंस्थित बंगलादेशी दूतावासबाट त्रिभुवन विमानस्थल लगिसकिएको छ ।

 

शव लिन कार्गाे विमान त्रिभुवन विमानस्थलमा आइसकेको छ । कार्गो विमानसँगै आएको अर्काे विमानमा मृतकका आफन्तहरु शव लिन आएका छन्।

 

मृतकको शवलाई बंगलादेशको सैनिक रंगशालामा श्रद्धाञ्जलीका लागि लगिने र उक्त कार्यक्रममा बंगलादेशी प्रधानमन्त्री शेख हसिनासमेत सहभागी हुने बंगलादेशी सञ्चार माध्यमले जनाएका छन्।

 

विशेष