शेरबहादुर देउवाकाे बाघ हेर्ने अनाैठाे इच्छा
चितवन । पूर्वप्रधानमन्त्री शेरबहादुरले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरे पनि बाघ हेर्न नपाएपछि अर्कोपटक आउने बताएका छन् ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा कसराको डुमरिया फाँट हुँदै पदमपुर, जर्नेली पोष्ट, विक्रम बाबा दर्शन, घडियाल प्रजनन केन्द्र अवलोकन गर्दै फर्किएका हुन् ।
मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले भ्रमणका क्रममा निकुञ्ज रहेका गैँडा, मयुर, गोही, चराचुरुङ्गी देखाएका थिए ।
अहिले बाघ नदेखिएकाे भन्दै अर्कोपटक आउने बताए । ढुंगानाले भने, “पूर्व प्रधानमन्त्री देउवा गैँडा देखेपछि निकै उत्साहित हुँदै बाघ हेर्न फेरि आउने बताएका छन् ।”
वन र वन्यजन्तु संरक्षणमा निकै चासो राख्ने देउवाले निकुञ्ज संरक्षणमा ध्यान दिन सँगै रहेका संरक्षणकर्मीलाई आग्रह पनि गरेका थिए ।
उनीसँगै सांसद, काँग्रेस नेता, निकुञ्ज अधिकारी र मध्यवर्तीका पदाधिकारीहरुले जंगल सफारीमा रहरेका थिए । बिहान ८ बजे जीप सफारीमा निकुञ्ज छिरेका देउवा १०ः३० बजेमात्रै फर्किएका थिए ।