निवर्तमान प्रधानन्यायाधीश पराजुली विरुद्ध भण्डारीले दिए प्रहरीमा उजुरी
काठमाडौं । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध प्रहरीमा उजुरी परेकाे छ ।
पराजुलीले नागरिकता तथा शैक्षिक प्रमाणपत्र सम्बन्धी अपराध गरेको उल्लेख गर्दै गुल्मी इस्पा गाउँपालिकाका मदन भण्डारीले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन्।
प्रधानन्यायाधीशको कार्यकाल अनुचित रुपमा लम्ब्याउने चाहनाले पराजुलीले नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक-फरक जन्ममिति बनाएको उजुरीमा भनिएको छ । उजुरीमा पराजुलीले लिएको नागरिकतामा र शैक्षिक प्रमाणपत्रमा जन्ममिति रहेकाे उल्लेख गरिएको छ।
उमेरकै विवादका कारण न्याय परिषद् सचिवालयले जन्ममितिका आधारमा गत साउन २१ गते नै पराजुलीको कार्यकाल सकिएको भन्दै गत फागुन ३० गते उनलाई अवकाशपत्र पठाएको थियो ।
त्यसको भोलिपल्ट पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएका थिए । सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले चैत १ देखि कामु प्रधानन्यायाधीशको पदभार सम्हालिसकेका छन्।