News राजनीति मुख्य समाचार

चीनसँग भएका सम्झौता बुझ्दै परराष्ट्रमन्त्री

चीनसँग भएका सम्झौता बुझ्दै परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकसँग भएका दुईपक्षीय समझादारीका काम अघि बढाउन ढिलाई गर्न नहुने बताएका छन् ।

 

चीनसमेत हेर्ने उत्तरपूर्वी एसिया महाशाखाको ब्रिफिङ लिने क्रममा उनले त्यस्तो बताएका हुन् । चीनसँग भएका सम्झौता र सहमतिको वर्तमान अवस्थाबारे मन्त्री ज्ञवालीले जानकारी लिएका हुन् ।

 

उनले चीनसँग भएका सम्झौता, सहमति र गर्न सकिने कामबारे नेपालको धारणा कस्तो रहेको र यसमा कुन प्रकारको चासो देखाइएको भन्ने विषयमा समेत चासो व्यक्त गरेको ब्रिफिङमा सहभागीले बताए ।

 

मन्त्रालयअन्तर्गतका दुई विभाग र १० महाशाखा छन् ।  त्यही महाशाखाअन्तर्गत दूतावास रहने गर्छन् ।

 

चीनसँग भएका सम्झौता र सहमतिका साथै अन्य दुईपक्षीय परियोजना अघि बढाउन र त्यसको अवस्थाबारे अध्ययन गर्न परराष्ट्र सचिव शंकरदास बैरागीलाई जिम्मा दिइएको भए पनि यसको अवस्थाका बारेमा पनि त्यहाँ छलफल भएको एक अधिकारीले बताए । याे खबर अाजकाे, कान्तिपुर दैनिकामा छ ।

विशेष