News अर्थ

पूर्वमन्त्री पासवानको उपचार खर्चः ७३ लाखको बिल पेस भएकाेमा ४३ लाख निकासा

यस्ता थिए बिलका शीर्षक

पूर्वमन्त्री पासवानको उपचार खर्चः ७३ लाखको बिल पेस भएकाेमा ४३ लाख निकासा

काठमाडौं । पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले उपचारमा ७३ लाख खर्च भएको बिल पेस गरे पनि सरकारले ४३ लाख ४१ हजार मात्रै उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयले औषधोपचारबाहेकको बिल समावेश नगराएपछि अर्थले ३० लाख कटौती गरेर आइतबार रकम निकासा गरेको हो ।

 

‘पूर्वमन्त्री पासवानको उपचार खर्च ७३ लाख, औषधोपचार मात्र होइन, कालोबजारमा भारु साटेको कमिसन पनि सरकारसँग माग’ शीर्षकमा समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयले औषधोपचारको बिल मात्रै समावेश गरेर अर्थमा पठाएको थियो ।

 

२६ असार ०७४ को निर्णयानुसार तत्कालीन जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानलाई प्रचलित ऐन–नियमको परिधिभित्र रही उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउन ४३ लाख ४१ हजार पाँच सय ५२ रुपैयाँ रकम निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

 

यस्ता थिए बिलका शीर्षक

 

-भारतीय रुपैयाँ सटही १५ लाख २ हजार ९ सय ९४ । तर, बैंकमा पैसा नपाएकाले कालोबजारमा साट्दा थप चार रुपैयाँ कमिसन तिर्नुपरेकाले सो पैसा पनि सरकारले दिनुपर्ने उनको मागदाबी थियो ।

 

-होटेलमा बसेको, पाउरोटी र चिया खाएको खर्च १८ लाख ७३ हजार ६ सय ।

 

-यातायात खर्च ८ लाख ९१ हजार ५७

 

-काठमाडौंको शिक्षण अस्पतालमा उपचार ७ लाख १६ हजार

 

-भारतको मेदान्त अस्पतालमा उपचार २३ लाख ४८ हजार ४ सय २८ । नयाँ पत्रिकामा खबर छ ।

विशेष