प्रदेश ५ को सरकार विस्तार आज, यी हुन् थपिने ३ मन्त्री
बुटवल । प्रदेश ५ मा आज मन्त्रिमण्डल विस्तार हुँदैछ । प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारी अनुसार कम्तीमा ३ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको हाे ।
एमाले प्रदेश ५ संसदीय दलको बैठकले लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको छ । गिरी सामाजिक विकास तथा सहकारी र पौडेल कृषि मन्त्री बन्ने भएका छन् ।
गिरी रुपन्देहीको निर्वाचन क्षेत्र नंम्बर २ ‘क’ र पौडेल बाँके क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद् हुन् । त्यस्तै, माओवादीले सुदर्शन बराललाई मन्त्री बनाउने तयारी गरेको छ ।
बरालले सम्हाल्ने मन्त्रालयबारे औपचारिक टुंगो नलागे पनि उनले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेकाे छ ।
उनी गुल्मी १ ‘क’ बाट निर्वाचित प्रदेश सांसद हुन् । यसअघि फागुन ३ गते मुख्यमन्त्री शंकर पोखरेलले कुलप्रसाद केसी र वैजनाथ चौधरी नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन ।