थाइल्याण्डमा नेपाली युवाको पहलः बुद्धबारे भ्रम यसरी अन्त्य गरिदिए
काठमाण्डौ । नेपाली युवाको पहलमा थाइल्याण्डका विद्यालयहरूमा भगवान बुद्धको जन्म भारतमा भएको भन्ने त्रुटिपूर्ण पाठ्यक्रम एक सच्चिएकाे छ ।
थाइल्याण्डमा प्राथमिक तह (कक्षा एक, दुर्इ र तीन) का विद्यार्थीले अध्ययन गर्ने सामाजिक विषयमा ‘भगवान बुद्धको जन्म प्राचीन कपिलवस्तुमा भएको र सो ठाउँ अहिले भारतमा पर्ने’ भन्ने उल्लेख छ ।
थार्इ सरकारले नै लागू गरेको पाठ्यक्रममा त्यस्तो त्रुटि रहेको हाल थाइल्याण्डमा व्यवसाय गरिरहेका लमजुङका सुनिल भट्टले फेला पारेका थिए ।
सो त्रुटि सच्याउन पहल गर्न अाग्रह गर्दै भट्टले गत फेब्रुअरी २० मा बैंककस्थित नेपाली दूतावासलार्इ र्इ-मेल गरेका थिए । उनले पाठ्यक्रममा भएको त्रुटिको फोटो, पब्लिकेशन गृहको नाम अादि संलग्न गरी र्इ-मेल गरेका थिए । यो विषयमा त्यहाँको सरकार र प्रकाशन-गृहले क्षमा माग्दै भूल सच्याउने बताएको छ ।”
प्राथमिक तहको पाठ्यक्रम छाप्ने ‘एकेएसअोअारएम’ले नेपाली दूतावासलार्इ अबको संस्करणमा यस्तो त्रुटि सच्याउने नमूनासहित पत्राचार गरेको भट्टले बताए । भट्ट भन्छन्, “९५ प्रतिशत बुद्ध धर्मावलम्बी रहेको थाइल्याण्डमा यस्तो भ्रमपूर्ण शिक्षा फैलाइँदै रहेछ ।
मेरो देश नेपालमा जन्मेका बुद्धका बारेमा यस्तो ठूलो भ्रम फैलिएको देख्दा अत्यन्तै मर्माहित भएँ र बुद्ध नेपालमै जन्मेका हुन् भन्ने प्रमाणसहित मैले सम्बन्धित निकाय र नेपाली दूतावासमा पेश गरे । त्यसपछि नेपाली दूतावासले यो विषयमा तत्काल पहल गर्यो । थार्इ पक्षले पनि गम्भीरतापूर्वक त्रुटि स्वीकार गर्यो ।”
भट्टको यो कदमको सह्राना गर्दै दूतावास भन्छ, ‘हामी यो विषयमा अनभिज्ञ रहेको अवस्थामा भट्टले जानकारी गराएपछि तत्कालै थार्इ सरकारको ध्यानाकर्षण गरायौं ।
ध्यानाकर्षणपछि थार्इ सरकार र प्रकाशन-गृहले क्षमा माग्दै गम्भीर भूल भएको र तत्कालै सच्याउने बताएको छ ।” थाइल्याण्डमा वर्षेनी ५ लाख बालबालिकाले प्राथमिक तह पार गर्छन् ।
थाइल्याण्डको मध्य-दक्षिणमा पर्ने बाहिन जिल्लास्थित बाहिन प्राथमिक विद्यालयको पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मेका हुन् भनी पठनपाठन गराउँदै अाइरहेको थियाे ।