विश्वकप फुटबल विजेता राेमारियाे गभर्नर पदमा उठ्ने
पूर्वब्राजिलियन फुटबल स्टार रोमारियो रियो दि जेनेरियो शहरको गभर्नरका लागि चुनाव लड्ने भएका छन् ।
ब्राजिलियन तटीय सहर रियो दि जेनेरियो पछिल्लो समय हिंसा, लागूऔषध दुर्व्यसनी र सामाजिक अपराधसँग जुधिरहेको छ ।
सन् २०१६ को ओलम्पिक खेलकुद आयोजनापछि आर्थिक रुपले समेत टाट पल्टिएको शहर अहिले बैंक लिलामीको अवस्थामा पुगिसकेको छ । सहरलाई यिनै समस्याबाट मुक्त गराउन आफूले गभर्नर पदमा उम्मेदवारी दिएको रोमारियोले बताएका छन् ।
ब्राजिललाई सन् १९९४ को विश्वकप फुटबलको उपाधि जिताउन सफल फुटबल खेलाडी रोमारियो डि सुजा हाल ब्राजिलको मध्यमार्गी पार्टी पोडेमोसबाट सिनेटर छन् ।