विदेश

ताइवानमा ५.२ रेक्टर स्केलको भूकम्प

ताइवानमा ५.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं । दक्षिण पश्चिम ताइवानको चियायी क्षेत्रमा मंगलबार बिहान भूकम्प गएको छ ।

 

चियायीबाट ३०.७ किलोमिटर दक्षिण पूर्व केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

भूकम्पको झड्का चियायीका साथै ताइवान सिटी, काओसियुङ सिटी, युङलिन, पिन्टुङ नगरलगायतका क्षेत्रमा महशुस भएको समाचारमा जनाइएको छ ।

 

अहिलेसम्म कुनै मानविय क्षति भएकोबारे कुनै जानकारी नभएको समाचारमा जनाइएको छ ।

विशेष