एक जना कैदीसहित १५२ विद्यार्थी एसर्इर्इ परीक्षाबाट वञ्चित
विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका कारण ताप्लेजुङका १ सय ५२ जना विद्यार्थीहरु यही चैत ८ गतेबाट सुरु हुने माध्यामिक तहको एसइई परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।
सामुदायिक र संस्थागत गरी ६४ वटा विद्यालयबाट परीक्षा आवेदन दिएका २,२३४ जनामध्ये १ सय ५२ जना अयोग्य ठहरिएका जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिए ।
उनका अनुसार एक्जाम्टेडतर्फका ३ सय १८ समेत गरी २ हजार चार सय परीक्षार्थी परीक्षामा सामेल हुनेछन् । यीमध्ये ५२ जना प्राविधिकतर्फका छन् ।
यस्तै जिल्ला कारागारमा रहेका एकजना कैदीसमेत परीक्षामा सामेल हुने जनाइएको छ । उनी भानुजन माविमा सञ्चालित खुल्ला विद्यालयका विद्यार्थी हुन् ।
परीक्षाका लागि जिल्लाभर १७ वटा केन्द्र निर्धारण गरिएको छ भने झण्डै २ सय बढी कर्मचारी परिक्षामा खटिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको समेत जिल्ला शिक्षा कार्यालयको भनाइ छ ।