News मुख्य समाचार

प्रहरीको मेसमा पुगेर गृहमन्त्रीले खाना खाएपछि ...

गृहमन्त्रीले भने, अब रासनको विभेद हट्छ

प्रहरीको मेसमा पुगेर  गृहमन्त्रीले खाना खाएपछि ...

काठमाडौँ । गृहमन्त्री रामबहादुर थाप‘बादल’ले आज प्रहरीको मेसमा बसेर जवानहरुसँग खाना खाएका छन् ।

बुधबार बिहान महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण् गरेका थिए ।

 

सबै निरीक्षण सकेपछि गृहमन्त्रीले मेशको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेशतर्फ पुगे । त्यहाँ खानाखाईरहेको प्रहरीहरु हतारहतार उठ्न खोज्दै थिए। उनले बसेर खाईराख्न आग्रह गरे ।

 

सो लगत्तै भान्सामा पुगेर ‘हामीलाई पनि यही खाना खान्छौं, पुग्छ ’ भने प्रश्न गरे । गृहमन्त्रीको प्रश्नबाट अकमकिएकाहरुले सुरुमा त विश्वाँस मानेनन् । पुग्छ हजुर भनेर जवाफ दिए ।

 

‘त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस् ’ भन्दै गृहमन्त्री बादल पहिले खाना खाईरहेको प्रहरीहरुसँग साथै बसे ।उनको साथमा प्रहरी जनाव चन्द्र देवकोटा, प्रहरी हवल्दार कृष्णप्रसाद ओली, हवल्दार खड्क बहादुर थापा र अर्का एक प्रह्री जवानले साथै खान खाए ।

 

गृहमन्त्रीको स्वकिय सचिवालयका सदस्य र प्रहरी वृत्तका प्रमुख अपिल बोहराले पनि साथै खाना खाए । दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानमा पाकेको थियो ।

 

सो लगत्तै वृत्तका प्रहरीहरुलाई निर्देशन दिँदै उहाँले जनताको जिउ,धनको सुरक्षाका लागि दत्त चित्त भएर लाग्न आग्रह गरे ।

 


सुरक्षा निकायका अन्य अंग भन्दा नेपाल प्रहरीको रासनमा विभद रहेकोबारे आफु जानकार रहेको भन्दै गृहमन्त्री बादलले त्यो असमानता टाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विशेष