हिन्दु मुसलमान बने, तर पाएनन् पाकिस्तानमा जमिन
एजेन्सी । जीवनसिँहको परिवारसँग थुप्रै जमिन थियो । उनीसँग एउटा ठूलो घर र केही पसलहरु थिए । तर अब उनी भाडाको कोठामा बस्दै आएका छन् ।
पाकिस्तानको प्रशासित कश्मीरमा आज पनि यस्ता परिवार छन्, जो आफ्नो सम्पत्ति फिर्ता लिनका लागि लडिरहेका छन् ।
७० वर्ष पहिले भारतबाट पाकिस्तान विभाजन भएको थियो । यी परिवारको घर, पसल सब थोक गुम्न पुग्यो ।
जीवन सिँह पनि एक हुन्, उनीसँग मुजफूफराबाद सहरमा नदीसँग आठ बिघाभन्दा बढी जमिन थियो ।
यसको अलावा शहरको दक्षिणपूर्वी गाउँमा त्यो भन्दा पनि बढी जमिन थियो । त्यहाँ उनले नाशपाती, सेब, गहुँ र मकैको खेती गर्थे ।
हाल उनीसँग केही छैन । उनी हाल मजदुरी गरिरहेका छन् ।
जुुन जमिन जीवनको परिवार आफ्नो भनी दावा गरिरहेका छन्, त्यो दशकौं पुरानो कानूनी लडाईंमा पसेको थियो र १९४७ मा बाँडफाँड सुरु भयो ।
ब्रिटिस भारत (भारत-पाकिस्तान) को राजनीतिक बाँडफाँडबारे भड्केको धार्मिक हिँसामा कमसेकम १० लाख मानिस मरेका थिए र करिब सवा करोड मानिस घर छाडेर विस्थापित भएका थिए । बिबिसीबाट