तोकेएको ठाउँमा नजाने कार्मचारीलाई कारवाही गर्ने मन्त्री लालबाबुकाे चेतावनी
काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आगामी आइतवारदेखि तोकिएको ठाउँमा नजाने कार्मचारीलाई निजमती ऐनअनुसार कार्वाही गरिने चेतावनी दिएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग उनले कर्मचारीलाई जुनसुकै स्थानमा खटाउन सकिने भएकाले तोकिएको कार्यक्षेत्रमा जान अटेर नगर्न उनले सुझाए ।
मन्त्री पण्डितले अहिलेसम्म ७८ प्रतिशत कर्मचारी आफनो कार्यक्षेत्रमा पुगिसकेको र अर्को हप्तादेखि कार्यक्षेत्रमा नजाने कर्मचारी कार्वाहीमा पर्ने बताए ।
संक्रमणकालीन अवस्थामा सरकारको तीनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले स्वैच्छिक अवकाशमार्फत सक्षम जनशक्तीलाई विदा दिने पक्षमा सरकार नभएको उनको भनाइ छ ।