News मुख्य समाचार

मधेसमा आज धुमधामका साथ होली मनाइँदै (फोटोफिचर)

चन्द्र राई/विश्व रिमाल

मधेसमा आज धुमधामका साथ होली मनाइँदै (फोटोफिचर)

काठमाडौं । आज देशको तराईमधेस क्षेत्रमा धुमधामका साथ फागू पूर्णिमा अर्थात होली मनाइँदैछ । हिजो बिहीबार पहाडी जिल्लामा होली मनाइएको हो ।

काठमाडौंमा बसोबास गर्दै आएका तराई मधेसवासीले आज पनि एक आपसमा रंग र अविर लगाएर होली पर्व मनाउँदै छन् । सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लामा बिदा दिएको छ ।

होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्त्व छ । दैत्यराज हिरण्यकश्यपले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रह्लाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिन्छ ।

होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।

 

माथि उल्लिखित तस्वीरहरु काठमाडौंका विभिन्न स्थानमा युवाहरुले मनाउँदै गरेको होलीको रौनकको हो । 

 

विशेष