छाला र कपालको स्याहारको लागि प्रयोग गर्नुस्, भातको माड
एजेन्सी । भात प्रोटिन, भिटामिन र एण्टी अक्सिडेटले भरिपूर्ण हुन्छ । यसको माडले अनुहारको चमक बढाउनुका साथै अनुहारको छालालाई कसिलो बनाउने काम गर्दछ । यसले अनुहारको सुरक्षा गर्ने भएकाले हप्ताको एकपटक प्रयोग गर्नु उपयुक्त हुन्छ ।
कपाललाई समेत भातको माडले सहयोग गर्ने हुन्छ । यसको प्रयोगबाट कपाल झर्ने समस्याबाट मुक्ति पाइने गर्छ ।
प्रयोग गर्ने विधि :
अनुहारमा माडको प्रयोग
१) एक कप चामललाई राम्ररी पखालेर आधा घण्टा भिजाउनुहोस् ।
२) आधा घण्टा भिजाइसकेपछि पानीमा चामलमा भएको पोषक तत्व घुलिसकेपछि त्यसलाई अर्काे भाँडामा राखेर राखेर आगोमा पकाउनुहोस् ।
३) केही समय सेलाउन दिनुहोस् र सेलाइसकेपछि त्यसलाई अनुहारमा हल्कासँग लगाउनुहोस् ।
४) १० मिनेटपछि त्यसलाई माडले नै धुनुहोस् र सफा कपडाले पुछ्नुहोस् ।
कपालमा माडको प्रयोग
१) भातको माडलाई कपालको जरा भिज्नेगरी लगाउनुहोस् ।
२) लगाएको २० मिनेटसम्म राख्नुहोस् ।
३) कपाललाई स्याम्पू र कन्डिस्नरले धुँदा असाधारण चमक आउने गर्छ ।