२३ तस्बिरमा हेर्नुहोस् निर्माणाधीन सेतो मच्छिन्द्रनाथको रथ
काठमाडौं । धार्मिक सहिष्णुताको प्रतिक सेतो मच्छिन्द्रनाथको रथ तयार पार्न थालिएको छ । प्रत्येक वर्षको चैत शुक्ल अष्टमीदेखि सुरु हुने रथलाई दरबारमार्गमा बनाइँदै छ ।
सेतो मन्छिन्द्रनाथलाई आर्यावलोकितेश्वर, करुणामय, जमलेश्वर पनि भनेर पनि पुजिन्छ । हिन्दू समुदायले वर्षा र सहकालको देवताको रुपमा पुज्छन् भने बौद्ध समुदायले करुणाका प्रतीक आर्यावलोकितेश्वरको रुपमा पुज्छन् ।
रथलाई नगर परिक्रमा गराई अन्तिम दिन लगनटोलमा पुगेपछि रथयात्रा सकिन्छ । रथको पहिलो दिन रत्नपार्क भोटाहिटी हुँदै असनसम्म पुर्याउने चलन छ ।
भोलिपल्ट फेरि असनबाट रथ तानेर हनुमानढोकासम्म पुर्याइन्छ भने तेश्रोदिन हनुमानढोकाबाट रथ तानेर लगनसम्म पुर्याउने चलन छ । चौथो दिन रथलाई लगनमा रहेको पीपलको रुखमा दुइफेर घुमाउने चलन छ ।
कुनै विघ्नवाधा नआएमा रथजात्रा शुरु भएको पाँचौ दिन मच्छिन्द्रबहालमा नै देवतालाई फर्काउने चलन छ । रथ तान्ने प्रक्रियामा अवरोध आएमा वा रथ ढलेमा देश र राष्ट्र प्रमुखलाई क्षति हुन्छ भन्ने धार्मिक कथन छ ।