News विदेश

यस्ता जनजाति महिला, जसले पुरुषलाई गर्छन् राज

यस्ता जनजाति महिला, जसले पुरुषलाई गर्छन् राज

एजेन्सी । प्रचीन इतिहास पुरुषप्रधान थियो । इतिहासको पन्नालाई पल्टाएर हेर्ने हो भने पुरुषको विरताको वर्णन पर्याप्त रुपमा उल्लेख पाइन्छ ।
यही इतिहासमा महिलाहरुबारे ज्यादै न्यून वर्णन पाइन्छ ।


स्वामी विवेकानन्दको भनाई थियो कि यदि कुनै समाजको प्रगति हुनु छ भने महिलाको स्थिति हेर्नुस् । आज विश्वभर सामाजिक क्रान्तिको आएतापनि महिलाहरुको निर्णय बिना नै उनीहरुको विवाह गरिदिएको पाइन्छ ।

त्यै पनि जानकारी हुन सक्छ कि जनजातिय समुदायमा महिलाहरुको राज चल्ने गरेको छ ।  ती समुदायका बारेमा यहाँ चर्चा गर्न खोजिएको छ ।

 

मोस्यू जनजाति, चीन
हिमालय दक्षिण-पश्चिम चीनमा लू झीलको नजिक यस्तो ठाउँ छ, जहाँ मोस्यू महिलाको शासन चल्ने गर्छ । यही कारण यस ठाउँलाई महिलाको राज्य पनि भन्ने गरिन्छ ।


चीन सरकारले यस जातिलाई अल्पसंख्यक जातिमा विभाजन गरेको छ ।  यस जातिमा एउटा अनौठो परम्परा छ । यहाँ वर्षाैदेखि महिलाको शासन चलिरहेको छ । मोस्यू जनजातिका महिला आफ्नो हिसाबबाट घर चलाउने गर्छन् । यतिसम्म कि व्यापार र घरको जरुरी कामको लागि महिलाकै निर्णय चल्ने गर्छ ।
यहाँका पुरुषहरुको काम भनेको जनवरको हेरविचार गर्ने हो ।


यो जनजातिमा पति र पिताको नामको कुनै शब्द हुँदैन, यस कारण बच्चालाई नै थाहा हुँदैन कि उसको बुवा को हो ।
जबकि यहाँको सबै बच्चा आमाको साथ नै रहने गर्छन् । यहाँ महिलालाई आफ्नो इच्छाअनुसार जीवनसाथी रोज्ने पनि अधिकार छ । तर पनि यिनीहरु पारस्परिक रुपमा सँगै रहँदैनन् ।

 

कलाश जनजाति, पाकिस्तान
कलश जनजाति पाकिस्तानमा रहेर पनि यहाँको संस्कृतिलाई स्विकार्दैनन् । यस प्रकारका जनजाति महिला आफ्नो शर्त अनुसार स्वतन्त्रतापूर्वक आफ्नो जीवन जिउने गर्छन । यस प्रकारका जनजातिहरु पाकिस्तानको पख्तूख्वाह प्रान्तमा बस्ने गर्छन ।


यस जनजातिका महिलालाई जोसँग पनि प्रेम गर्न छुट छ ।  यस जनजातिमा महिलाहरु बढी प्रेम विवाह गर्ने गर्छन । यदि महिलालाई विवाह हुन लागेको केटा मन नपरेमा अन्य व्यक्तिसँग विवाह गर्न सक्छन् ।


दोस्रो यस समुदायका महिलालाई पुरुषले अन्याय गर्न सक्दैनन् ।

 

विशेष