News

अझै राेकिएन भूूकम्पकाे कम्पन, दाेलखामा ४.६ रेक्टरकाे पराकम्प

अझै राेकिएन भूूकम्पकाे कम्पन, दाेलखामा ४.६ रेक्टरकाे पराकम्प

काठमाडौँ । दोलखामा आज ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको पराकम्प गएको छ । 

 

जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा पराकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । 

 

यसअघि गत मंगलबार सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाई ४.३ रेक्टरको पराकम्प गएको थियो । गत फागुन ९ गते बिहान काठमाडौँको डल्लु क्षेत्र आसपास केन्द्रबिन्दु भई ३.६ रेक्टरको पराकम्प गएको थियो । 

 

गोरखा भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ४९१ वटा पराकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार चार रेक्टर स्केलभन्दा मुनिका पराकम्प दिनहुँजसो गइरहेका छन् । चारभन्दा माथिको मात्र रेकर्ड हुने भएकाले साना पराकम्पलाई सतर्कताका लागि मात्र विवरण दिने गरिएको छ । 

dolakha

विशेष