News अपराध सुरक्षा

१० हजार सैनिक ब्यारेक मापदण्डविपरित

१० हजार सैनिक ब्यारेक मापदण्डविपरित

काठमाडौं । नेपाली सेनाका देशभरका ब्यारेक तथा कार्यालय नक्साबिनै बनाइएको पाइएको छ। भवन निर्माणसम्बन्धी बनेको नियम, निर्देशिका र आचारसंसहताको पालना नगरी सेनाले करिब १० हजार ब्यारेक तथा कार्यालय बनाएको हो ।

 

भन्द्रकालीस्थित सैनिक कार्यालय परिसरभित्रका संरचना पनि नक्सापास नगरी बनाइएको छ। यसरी व्यावसायिक प्रयोजनका भवनदेखि फौज बस्ने स्थलसम्म नक्सापासबिनै बनाउन कानुनका उल्लंघन मात्र नभइ प्रकोपका बेला असुरक्षा हुने डर पनि हुने जानकारहरु बताउछन्।

 

सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सुरक्षाको कारण र विगतदेखिको चलनअनुसरा भवन संरचना बनाइएका कारण नक्सापास हुन नसकेको दाबी गरे। ‘सुरक्षा गोपनियता तथा विगतदेखि अहिलेसम्म कुनै पनि ब्यारेक तथा कार्यालयका संरचना बनाउँदा नक्सापास गरेका छैनौं।

 

’उनले भने हामीले जानाजान कानुनको उल्लंघन गरेका होइनौं’, तर अब कसरी कानुनको पालना पनि हुन्छ र गोपनियता पनि कायम रहन्छ भन्नेमा नगरपालिका तथा गाँउपालिकाका अधिकारीसँग छलफल थालेका छौ।’ याे खबर अाजकाे कारोबार दैनिकमा छ ।

विशेष