विदेश मुख्य समाचार

चीन यसरी बन्दैछ थप शक्तिशाली

चीन यसरी बन्दैछ थप शक्तिशाली

काठमाडौं । सी चिनफिङले अघिल्लो वर्ष सन् २०५० सम्ममा संसारको सबभन्दा शक्तिशाली सेना बनाउन चाहेको बताएका थिए । हुन पनि चीन अत्याधुनिक हतियार र सैन्यप्रविधिका विषयमा तीव्रताका साथ अघि बढिरहेको छ ।


यसै सिलसिलामा चीनले आणविक शक्तिसम्पन्न विमान बनाउन थालेको छ ।


चीनको सीएसआईसीले बुधवार घोषणा गरेअनुसार सन् २०२५ सम्म उच्च प्रविधिसहितका हतियारहरू उपलब्ध हुने भएका छन् । चीनमा सीएसआईसी सबभन्दा ठूलो सैन्य सामग्री उत्पादक कम्पनी हो ।


सीएसआईसी कम्पनीले यस्तो विमानको बारेमा आफैंले केही नबताएपनि चिनियाँ वेबसाइटहरूले यसबारेमा दाबी गरेका छन् । ग्लोबल टाइम्सले प्रस्तुत गरेको दस्तावेजमा भनिएको छ, ‘हामीले आणविक शक्तिसम्पन्न विमानको सफलतालाई तीव्र रूपमा अघि बढाउनुपर्छ । नयाँ शैलीको आणविक पनडुब्बी, सानो पनडुब्बी र पानीमुनिको प्रतिरक्षा प्रणालीमा जोड दिनुपर्छ ।’


सीएसआईसीले चीनको पहिलो स्वदेशी विमान तयार पारेको थियो र त्यसलाई अघिल्लो वर्ष अप्रिलमा प्रक्षेपण गरेको थियो । यो विमान सन् २०२० सम्ममा सेनाको भण्डारमा भइसक्नेछ । एजेन्सी

विशेष