सभामुखहरु अनुभवी कर्मचारीका पठाइदिन केन्द्रीय सरकार गुहार्दै
काठमाडाैं । सातै प्रदेशका सभामुखले संसद् र संसदीय अभ्यास बुझेका कर्मचारी नहुँदा समस्या परेको भन्दै अनुभवीलाई पठाईदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सिलसिलामा काठमाडौं आएका उनीहरुले संसदीय अभ्यास बुझेका कम्तीमा दुई कर्मारी पठाईदिन प्रधानमन्त्री, संघीय संसद्का सभामुख र संसद सचिवालयका महासचिवसमक्ष माग गरेका थिए ।
मौखिक आग्रह सुनुवाई नहुने संकेत पाएपछि उनीहरुले प्रधानमन्त्रीलाई पत्र नै बुझाएका हुन ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।