News

हुम्लाले राख्याे प्रजिअ सरूवाकाे रेकर्ड, स्थानीय भने वाक्क

हुम्लाले राख्याे प्रजिअ सरूवाकाे रेकर्ड, स्थानीय भने वाक्क

हुम्लामा गएको एक वर्षमा पटक–पटक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ। 

 

अघिल्लो वर्ष पुष्पकमल दाहालको सरकार परिवर्तनपश्चात् फागुन १९ गते तत्कालीन प्रजिअ डा. कृष्णबहादुर घिमिरे सरुवा भएपछि फागुन २२ गते प्रजिअ धनप्रसाद शर्मा पौडेल आएका थिए। २०७४ असोज १ गतेसम्म पौडेलले काम सम्हालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


 
पौडेल असोज १ गते सरुवा भएपछि २०७४ असोज २ गते लक्ष्मीप्रसाद बास्कोटा हुम्लाको सिडियो भए । २०७४ माघ १५ गतेसम्म रहेका बास्कोटा सरुवा भई चितवनबाट नेत्रप्रसाद शर्मा माघ १६ गते हुम्ला पुगेका थिए। शर्मा पनि शुक्रबार पर्सा सरुवा भएका छन्। 

 

प्रजिअ पटक–पटक परिवर्तन भएपछि जनताका काममा बाधा हुन गएको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। 

विशेष