News देश

काठमाडौंमा हावाहुरीसहित असिना पानी

काठमाडौंमा हावाहुरीसहित असिना पानी


काठमाडौं । काठमाडौंमा ठूलो हावाहुरीसहित असिना पानी परेको छ । शुक्रवार साँझ हावाहुरीसहित पानी परेको हो ।

 

हावा–हुरीका कारण काठमाडौंमा केही समय विद्युत आपूर्ति बन्द भयो । असिनासहित परेको पानीले किसानको पाक्दै गरेको गहुँ र तोरीमा क्षति पुगेको छ ।

 

स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाको उत्तरपश्चिम भेगमा असिनासहितको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार देशको पश्चिमी भेगमा विकसित भएको उक्त वायु अहिले क्रमशः पूर्वतर्फ सर्दैछ । पूर्वी पहाडी भेगका केही स्थानमा समेत वर्षाको सम्भावना छ । अहिले पश्चिमका केही स्थान तथा मध्य र पूर्वी भेगमा बदली भएको छ । उपत्यकामा हुरी बताससहित वर्षा भइरहेको छ ।

 

स्थानीय वायुको सक्रियताले केही दिनयता बिहान मौसम सफा रहे पनि मध्याह्नपछि बदली हुने गरेको छ । पूर्वमनसुनको याम पनि भएकाले यस्तो गतिविधि जारी रहने मौसमविद् प्रधानाङ्गले बताउनुभयो । सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ ।

 

तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम २५.८ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस छ ।

विशेष