News मुख्य समाचार

प्रदेश ३ को राजधानी सार्न अब सम्भव छैनः प्रचण्ड

प्रदेश ३ को राजधानी सार्न अब सम्भव छैनः प्रचण्ड

हेटौंडा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारका सबै काम हेटौंडाबाटै सुचारु भएकाले अब राजधानी सार्ने कुरा असम्भव भएको बताएका छन् ।

 

बुधबार बिहान प्रेस सेन्टर नेपालले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले ३ नम्बर प्रदेशको नामाकरण र राजधानीको बिषयमा छलफल भए पनि अघिल्लो सरकारले निर्णय गरेअनुसार नै औपचारीक कार्यक्रम भैरहेकाले यहाँबाट राजधानी नसर्ने बताएका हुुन् ।

 

सबै काम र पूर्वाधारको व्यवस्थापन हेटौंडामा भैसकेकाले जिम्मेवार पदमा रहेकाले राजधानी सार्नेबारे बोल्दै हिँड्न नहुने सुझाव दिए । यस्तै उनले प्रदेश सरकारमा रहदै आएको संकटलाई निराकरण गर्न सरकार अब प्रदेशका लागि आवश्यक कानुन र नीति निर्माणमा अघि बढ्ने जानकारी दिए ।

 

प्रदेश सरकारलाई चलायमान बनाउनका लागि आवश्यक कानुन निर्माणसँगै सुशासन, स्थायीत्व, बिकास र समृद्धिको दिशामा अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।

 

राष्ट्रिय मुद्दामा समझदारीका साथ अघि बढ्ने प्रयत्न गरिरहेको बताउँदै प्रचण्डले सरकारलाई मधेस केन्दि्रत दुबै दलले विश्वासको मत दिएकाले राजनीति सहज ढंगबाट अघि बढ्ने र देशमा बिकासले गति लिने प्रचण्डले बताए ।

 

अब चाँडै जनताले दिएको म्याण्डेडअनुसार एमाले र माओवादीबीच चाडै पार्टी एकता हुने बताए  । पार्टी एकताका लागि बनेको अन्तरीम राजनीतिक प्रतिवेदन, अन्तरीम विधान र संगठनको सेटिङबारे बनेका दुईवटा कार्यदलले काम सकिसकेकाले कार्यदलले प्रतिवेदन दिएपछि पार्टी एकताको प्रकृया शुरु हुने प्रचण्डले जानकारी दिए ।

विशेष