विदेश

इराक हत्यामा ३९ मारिए, बाँचेका एक जनाकाे हृदयविदारक अनुभव

इराक हत्यामा ३९ मारिए, बाँचेका एक जनाकाे हृदयविदारक अनुभव

सन् २०१४ मा इराकमा ४० भारतीय नागरिक हराएका थिए । जसमध्ये ३९ जनाको हत्या भएको मंगलबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजले जानकारी दिएकी थिइन् ।

 

स्वराजले गाडिएको अवस्थामा रहेका ३९ वटा शवको डीएनए परीक्षणबाट उनीहरुको मृत्यु भईसकेको जानकारी दिँदै अब ती ३९ जना भारतीय नागरिक नरहेको बताएकी थिइन् । ती भारतीय नागरिकलाई चरमपन्थी संगठन आईएस आईएसले मारेका थिए । ४० जना हराएका मध्ये एक भारतीय नागरिक मुसलमान बनेर भाग्न सफल भएका थिए ।

 

आईएसको पञ्जाबाट भाग्नेको नाम हरजीत मसिह हो । यी सबै भारतीय नागरिक कामको खोजीमा इराक पुगेका थिए । ४० भारतीय मध्ये ३१ पञ्जाबका ४ हिमाञ्चल प्रदेशका र अन्य विहार र पश्चिम बंगालका थिए । मारिएका सबै नागरिकहरु तरिक नुर अल हुदा कम्पनीमा काम गर्थे ।


 
त्यहाँबाट भाग्न सफल भएका हरजीत मसिहले पञ्जाब आए पछि भनेका थिए, अन्य सबै भारतीयहरुको आइएसले गोली हानी हत्या गरेको छ । उनले यो कुरा २०१५ मा नै भनेका थिए । त्यो समयमा विदेशमन्त्री सुष्मा स्वराजले हरजीतको यो दावीलाई गलत भनेकी थिइन् ।

 

मोसुलका चरमपंथीहरुले सन् २०१४ मा ८० जनाको अपहरण गरेका थिए । जसमा ४० जना भारतका र ४० जना बंगलादेशका थिए । उनीहरुको अपहरणपछि हत्या भएको कुरा भारत सरकारले नकारिरह्यो ।

 

सन् २०१७ मा सबै हराएका नागरिकका आफन्तसँग स्वराजले भेट गरेकी थिइन् । यी भेटहरुमा विदेश राज्य मन्त्री वीके सिंह पनि रहेका थिए । यसपछि स्वराज इराक पनि गएकी थिइन् ।

 

इराकको दोस्रो सबैभन्दा ठूलो शहर  मोसुललाई सन् २०१४ मा आफ्नो इस्लामिक राज्य भएको बताउने चरमपन्थी संगठनले कब्जा गरेका थिए । त्यसलाई नियन्त्रणमा लिनका लागि इराकी सेनाको हजारौँ सैनिक, सुन्नी अरब आदीबासी र शिया विद्रोही लडाकु आइएस विरुद्द लडेका थिए ।

 

उनीहरुको यो लडाईँलाई अमेरिकी वायुसेनाले सहयोग गरेको थियो । लामो समयको लडाईँपछि २०१७ मा इराकका प्रधानमन्त्री हैदर अल अवादीले मोसुल आइएसको कब्जाबाट मुक्त भएको घोषणा गरेका थिए ।
 

विशेष