News

तनहुँ जलविद्युत आयोजनाले लियाे तीव्र गति

तनहुँ जलविद्युत आयोजनाले लियाे तीव्र गति

तनहुँ जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ । आयोजनाबाट प्रभावित वासिन्दालाई ९० प्रतिशत मुआब्जा वितरण गरिसकिएको छ ।

 

पहिलो चरणमा ४० करोड र दोस्रो चरणमा ६० करोड रुपैयाँ मुआब्जा बितरण गरिएको आयोजनाले जनाएको छ ।

 

१४० मेगावाटको तनहुँ आयोजनाको प्रवेश मार्गको निर्माण कार्य पुरा भएको र आवास गृहको निर्माण कार्य धमाधम भइरहेको छ ।

 

तनहुँ हाइड्रोपावर जलाशययुक्त आयोजना भएकाले यसले लोडसेडिङ कम गर्न मद्दत पुग्ने आयोजनाका साइट इन्चार्ज बिदुर अधिकारीले जानकारी दिए ।

आयोजनाको काम सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विशेष