News

अब काठमाडाैं– सुर्खेत सीधा हवार्इ उडान

अब काठमाडाैं– सुर्खेत सीधा हवार्इ उडान

नेपाल वायु सेवा निगम र निजी विमान कम्पनी बुद्ध एयरले चैत २१ गतेदेखि काठमाडौं-सुर्खेत सीधा हवाई उडान भर्ने भएका छन्।

 

पर्यटन मन्त्रालयमा नागरिक उडड्यन प्राधिकरण, विभिन्न एयरलाइन्स र मन्त्रालयका पदाधिकारीबीच भएको छलफलमा चैतको तेस्रो साताबाट काठमाडौं सुर्खेत हवाइ उडाई गर्ने सहमति भएको हो। करिब एक घन्टा समय लाग्ने सो उडान भर्न विभिन्न वायु सेवा कम्पनीले इच्छा देखाउँदै आएका थिए।

 

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पछिल्लो निर्णयसँगै कर्णाली प्रदेशसँग संघीय राजधानी जोडिनुपर्ने माग सम्बोधन भएको बताए।

विशेष