परीक्षा पास–फेल नभर्इ प्रतिभा प्रस्फुटनकाे मध्याम हाेः शिक्षामन्त्री पोखरेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीका लागि परीक्षा पास–फेल नभर्इ प्रतिभा प्रस्फुटनकाे मध्याम भएकाे बताएका छन्। आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को राजधानीका केही विद्यालयमा निरीक्षणका क्रममा उनले यस्ताे बताएका हुन् ।
सबैले परीक्षामुखी सोच हटाउनुपर्नेमा उनले जाेड दिए । मध्यबानेश्वरको रत्नराज्य र सिनामंगलको गुह्येश्वरी माध्यमिक विद्यालयको निरीक्षण गरेपछि मन्त्री पोख्रेलले आफुँहरु परिक्षामा विद्यार्थीलाई अवरोध गर्न भन्दा पनि हौसला बढाउन निरीक्षणमा निस्किएको बताए।
उनले भने,‘मन्त्रालयको जिम्मेवारी सम्हालेयता अधिकांश समय संघीय संरचनाअनुसार विकसित हुने शिक्षा प्रणालीको व्यवस्थापनमा व्यस्त भइरहेका छौँ । यसबिचमा छोटो समय निकालेर विद्यार्थीको हौसला बढाउन निरीक्षणमा निस्किएका हौँ।’
सो क्रममा काठमाडौंका जिल्ला शिक्षा अधिकारी, राष्ट्रिय परिक्षा बोर्डका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो। उनले सरकारले सीप र प्रविधिमा आधारित शिक्षामा जोड दिएको बताए ।
शिक्षामा छिट्टै नै आफ्नो मार्गचित्र सार्वजनिक गर्ने बताए । यस वर्षको परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीहरु सामेल हुँदैछन्। परीक्षाका लागि १ हजार ९ सय ५६ परीक्षा केन्द्रमा ६४ हजार ७ सय ६२ जनशक्ति खटाइएको छ।