News अपराध सुरक्षा

नाै हजार घुससहित शाखा अधिकृत रंगेहात पक्राउ

पक्राउ पर्ने इन्दिरा गाैतमका श्रीमान सहसचिव छन्

नाै हजार घुससहित शाखा अधिकृत रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार घुससहित शाखा अधिकृतलाई पक्राउ गरेको छ। 

 

घरेलु तथा साना उद्योग कार्यालय त्रिपुरेश्वर,काठमाडौंमा कार्यरत शाखा अधिकृत इन्दिरा गौतम (खनाल ) लाई आयोगले पक्राउ गरेको हो। 

 

काठमाडौं हिडन ट्रेजर्स नामक कम्पनी दर्ताको क्रममा उक्त अंग्रेजी नाम हुँदैन नेपाली चाहिन्छ भन्दै पैसा मागेकी थिइन्। सेवाग्राहीले घुस दिएर अख्तियारलाई खबर गरेका थिए। उनलाई आयोगको टोलीले कार्यकक्षबाटै घुससहित पक्राउ गरेको हो। 

 

अधिकृत गौतमका श्रीमान पनि निजामती सेवामै सहसचिव छन्।

विशेष