पेसा नै पाकेटमारी, प्रहरीलार्इ फसाउन खाेज्दा अाफैं फन्दामा
यस्ताे बनाएकाे थियाे प्रहरीले याेजना
राजधानीमा पेसेवर रुपमा चाेरी गर्दै आएकाे एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाले विवेक लामा र उनकी श्रीमती शर्मिला लामालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार विवेकलाई पक्राउ गरेपछि उनकी श्रीमती शर्मिलाले प्रहरीलाई ३ लाख २४ हजार घुस दिएर श्रीमान् छुटाउन खोजेकी थिइन्। प्रहरीले उनलाई पनि घुस रकमसहित पक्राउ गरेको हो।
बुधबार कोटेश्वरबाट चाबहिलतर्फ जाँदै गरेको बसबाट विवेकले सरोज कार्कीको ७५ हजार रुपैयाँ लुटेका थिए। सिनामंगलबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो।
पक्राउ परेपछि उनले प्रहरीलाई मोटो रकम घुस दिने प्रस्ताव गरे। जुन कुरा थाहा पाएपछि वृत्तका डीएसपी अनुपम श्रेष्ठले श्रीमतीलाई पनि पक्राउ गर्ने योजना बनाए। बेलुका वनकाली क्षेत्रमा उनले घुस लिन बोलाइन्। त्यही बेला उनी प्रहरीको फन्दामा परेकी हुन्।
डीएसपी श्रेष्ठका अनुसार उनीहरुको पाकेटमारीको पेसेवर समूह नै छ। जसले महिनामै पाकेटमारीबाट लाखौं कमाउने गरेको खुलेको छ। घुसबापत दिन लागेको रकम पनि कसैको पाकेटमारको हुन सक्ने प्रहरी आशंका छ।