कर्णाली भ्रष्टाचारमुक्त प्रदेशका बनाउछुः मुख्यमन्त्री शाही
भक्तपुर । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताएका छन् ।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले कर्णाली प्रदेशलाई गरिबी र आर्थिक अभावका बिच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रूपमा विकास गरि भ्रष्टाचार मुक्त प्रदेशका रुपमा परिचित गराउने बताए ।
कर्णाली प्रदेशलाई स्वायत प्रदेशका रुपमा केन्द्र सरकारले कानुनमै सम्बोधन गर्नु पर्ने मुख्यमन्त्री शाहिले बताए । उनले प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको बताए ।
मुख्यमन्त्री शाहि भने, प्रदेश सरकार सञ्चालन नयाँ बिषय भएको र सञ्चालनमा प्रभावकारीता ल्याउन दक्ष कर्मचारी नहुँदा विभिन्न खालका समस्या देखियाे । कर्णाली प्रदशेलाई अर्गानिका प्रदेशका रुपमा बिकास गर्नमा उनले जाेड दिए ।
कर्णाली प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि आगामी वर्षलाई पर्यटन वर्षका रुपमा अगाडी बढाउँदै यस क्षेत्रमा रहेका अथाहा सम्भावना बोकेका क्षेत्रको पहिचान गराउने गुरुयोजनामा लागेको बताए ।