एसइइमा चिट चाेराउने दुर्इ जना पक्राउ
एसइइ परिक्षामा चिट चोराउने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १८ वर्षीय प्रकाश सिहं र २७ वर्षीय योगेन्द्र पाण्डेय रहेका छन् । उनीहरुलाई सत्यवादी उमावी भोपुर केन्द्रमा चिट चोराइरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । याे बझाङकाे खबर हाे ।
उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङ पठाउने तयारी छ ।