विदेश

चीनविरूद्ध नाकाबन्दी लगाउने ट्रम्पकाे चेतावनी

चीनविरूद्ध नाकाबन्दी लगाउने ट्रम्पकाे चेतावनी

ट्रम्प प्रशासनले चीन विरुद्ध नाकाबन्दी लगाउने योजना बनाएको छ ।

बिहीबार ट्रम्प प्रशासनले चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको भन्दै नाकाबन्दी लगाउने योजना बनाएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसले धेरै वर्षदेखि छलफल हुँदै आएको बौद्धिक चोरीको विषयमा चीनले कुनै परिवर्तन नल्याएकाले नाकाबन्दी गर्ने जनाएको हो ।

 

त्यो कदमका लागि अमेरिकाले चीनलाई कर तिराउने नयाँ कदम चाल्ने जनाएको छ । तर त्यस कदमले दुई देशबीचमा व्यापार युद्ध हुनसक्ने चिन्ता प्रकट भएको छ ।

नयाँ कदमअनुसार चीनविरुद्ध अमेरिकाले ३० देखि ६० बिलियन अमेरिकी डलरको कर लगाउन सक्ने तथा चीनसँग गरेको लगानीमा कटौती गर्ने जनाएको अमेरिकी सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकाले चीनको वौद्धिक चोरीविरुद्ध विश्व व्यापार संगठनमा पनि आवाज उठाउने जनाएको छ ।

 

अमेरिकाले चीनले अमेरिकामा साना उद्योग खोलेर प्रविधि चोरेको आरोप लगाएको छ । त्यस्तै, चीनले रणनीतिक रुपमा केही उद्योग अमेरिकामा स्थापना गरेर साइबर आक्रमण गरिरहेको अमेरिकी आरोप छ ।

 

चीनले अमेरिकी प्रविधि चोरेर आफ्नो सैन्य क्षमतामा विस्तार गरेको अमेरिकाको भनाई रहेको छ । 
चीनले व्यापार युद्धबाट कसैलाई फाइदा नहुँने बताउँदै आएको छ । चीनले अमेरिकाले उच्च प्रविधिको आयातमा लगाएको नाकाबन्दी हटाउनुपर्ने बताएको छ ।

विशेष