News

यसकारण भयाे प्रदेश–४ को मन्त्रिपरिषद विस्तार स्थगित

काे - काे थिए मन्त्रीका अाकांक्षी

यसकारण भयाे प्रदेश–४ को मन्त्रिपरिषद विस्तार स्थगित

पोखरा । प्रदेश नम्बर ४ को मन्त्रिपरिषद विस्तार अन्तिम समयमा आएर स्थगित भएको थियो । बिहीबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद विस्तारको तयारी गरिएको भएपनि अन्तिम समयमा पार्टीको आन्तरिक विवाद मिलाउन नसक्दा स्थगित भएको बुझिएको छ ।

 

प्रदेश–४ मा चार सदस्यीय मन्त्रिपरिषद यसअघि नै बनिसकेको छ । थप तीनजनालाई शपथग्रहण गराउन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार तीनजनाको नाम प्रदेशप्रमुखको कार्यालयमा पठाएका थिए ।

 

शपथका लागि पर्वतका सांसद विकास लम्साल, नवलपुरका रोशन गाहामगर र म्याग्दीकी नरदेवी पुनको नाम प्रदेशप्रमुखको कार्यालयमा पुगेपनि शपथ स्थगित भएको प्रदेश प्रमुखको कार्यालयका सचिव देवी ज्ञवालीले जानकारी दिए ।

 

लम्साललाई आर्थिक मामिला तथा योजनामन्त्री, गाहामगरलाई सामाजिक विकासमन्त्री र पुनलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाउने मुख्यमन्त्री गुरुङको तयारी रहेको थियो ।

 

उद्योग मन्त्रालय गोरखाका सांसद रामशरण बस्नेतले सम्हालेपनि उनलाई भौतिक विकासमन्त्री बनाएर पुनलाई उनको मन्त्रालय दिने तयारी रहेको स्रोतको भनाइ छ ।

विशेष