News देश

सुस्तामा भारतले बनायो एकतर्फी बाँध, नेपाली भूमिमा डुबान जोखिम

सुस्तामा भारतले बनायो एकतर्फी बाँध, नेपाली भूमिमा डुबान जोखिम

नवलपरासी । गण्डक नहरकै कारण नेपाली भूमि डुबानमा पर्ने र कटान भइरहेको बेला भारतले नारायणी नदीमा एकतर्फी बाँध निर्माण सुरु गरेको छ।  नेपाली भूमि डुबानमा पार्ने गरी भारतले एकतर्फी बाँध निर्माण गरेको हो ।

 

सुस्ता गाउँपालिका–४ नर्सहीस्थित नारायणी नदी ठोक्कर–१२ को पूर्वतर्फ नारायणी नदी पारी नेपालतर्फ करिब ३ सय मिटर भूभाग मिची बाँध निर्माण गरेको स्थानीय श्याम थापाले बताए। शक्तिकुमार कम्पनी पश्चिमी चम्पारण कम्पनीले बाँध निर्माण गर्दै आएको छ ।

 

भारतले नदीको भारतर्फ बहने पानीको बहावलाई नेपालतर्फ पठाउने गरी नेपाल भारत सीमाभन्दा ३ सय मिटर वर आएर उक्त बाँध निर्माण गरेको भन्दै नर्सहीका बासिन्दाले विरोध समेत जनाएका छन्। याे खबर अाजकाे राजधानी दैनिकमा छ ।

 

विशेष