News Technology

फेसबुक डाटा चोरी भएको मार्क जुकरबर्गले गरे स्वीकार

फेसबुक डाटा चोरी भएको मार्क जुकरबर्गले गरे स्वीकार

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका हुन् । उनले अाफ्नो गल्तीका कारण फेसबुक प्रयोगकर्तामाथि विश्वासघात भएको बताए । 

 

क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि उनको यस्तो प्रतिकृया आएको हो । उनले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसकिने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

जुकरबर्गले फेसबुकमा आएको समस्या समाधानका लागि केही प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए । फेसबुकमा डाटा चोरी भएको खबर सार्वजनिक भएलगत्तै फेसबुकको शेयरमा आठ प्रतिशत गिरावट आएको थियो ।

 

अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने क्याम्ब्रिज एनालिटिकल कम्पनीले फेसबुकका पाँच करोडभन्दा बढी प्रयोगकर्ताको जानकारी चोरेको आरोप सार्वजनिक भएको थियो ।

विशेष