विद्यालयका सबै कक्षाकाेठामा सीसीटीभी जडान

विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सदरमुकाम राजविराज–३ मा रहेको केशो अनिरुद्धवति माध्यमिक विद्यालयमा सीसी क्यामरा जडान गरिएको छ।
प्रधानाध्यापक फुलेश्वर मण्डल र व्यवस्थापन समितिका अध्यक्ष धीरेन्द्र बर्मा ‘धीरुको पहलमा ४ लाख २ हजार रुपैयाँको लागतमा विद्यालयका सबै कोठामा सीसीटीभी क्यामरा जडान गरिएको र अगामी दिनमा विद्युतीय हाजिरीको समेत व्यवस्था गर्ने प्रअ मण्डलले बताए।
विद्यालयको शैक्षिक सुधारका लागि कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयका सबै कक्षा कोठा, लेखा र प्रशासन फाँटसहित १३ वटा कोठामा सीसी कयामरा जडान गरिएकोे छ।
२००९ सालमा स्थापित सप्तरीको पुरानो विद्यालयमा हाल ७ सय १५ विद्यार्थी अध्ययनरत छन्।